ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

रियो दि जेनेरियो– ब्राजिलको अमेजोनस राज्यमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

समाचार अनुसार सो राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा शनिबार विमान दुर्घटना भएको हो ।

अमेजोनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जालमा भने, ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोमा गहिरो दुःख लागेको छ।  हाम्रा टोलीहरू आवश्यक सहयोग प्रदान गर्न काम गरिरहेका छन्। मृतकका परिवार र आफन्तजनमा मेरो समवेदना र प्रार्थना छ।’

यसअघि मानौस एरोट्याक्सी एयरलाइन्सले विमान दुर्घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ३३ बजे

७७ प्रतिशत नाघ्यो बजेट खर्च, पुँजीगत खर्च आधाभन्दा कम

काठमाडौँ – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा

अमेरिकाले बम हान्नु तीन दिनअघि इरानको मुख्य परमाणु केन्द्रमा पुगेका थिए सयौँ ट्रक र बुल्डोजर

तेहरान-अमेरिकाले इरानको फोर्डो परमाणु केन्द्रमा हमला गर्नुअघि उक्त स्थानमा कयौँ

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम– अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

काठमाडौं– चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण