३४ जनालाई कैद मिनाहाको आधार स्पष्ट गर्न गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार « Khabarhub

३४ जनालाई कैद मिनाहाको आधार स्पष्ट गर्न गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई कैद मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।  

राष्ट्रपति कार्यालयले कैद मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनालाई मिनाहाको सिफारिसको आधार स्पष्ट पार्न तथा उनीहरूको व्यक्तिगत विवरण पठाउन पनि भनेको छ ।

गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भए बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालयले यसबारेमा चासो राखेको हो । सिफारिस गरिएका ३४ जनामध्ये अधिकांश ज्यानमुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्तिहरू छन् ।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिने तयारी गरेको छ ।

कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएकोमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६७० जनाको कैद मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ५९ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि