सामान्य प्रशासन मन्त्रालयद्वारा १७ शाखा अधिकृतको सरुवा, को कहाँ ? | Khabarhub Khabarhub

सामान्य प्रशासन मन्त्रालयद्वारा १७ शाखा अधिकृतको सरुवा, को कहाँ ?


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।

चिचिला गाउँपालिकाकी प्रखुख प्रशासकीय अधिकृत शुक्रादेवी राईलाई जिल्ला समन्वय समिति संखुवासभा, पाथिभरा याङवरक गाउँपालिका ताप्लेजुङमा कार्यरत जनार्दन निरौलालाई बाह्रदशी गाउँपालिका झापा, कल्याणपुर नगरपालिका सिरहामा कार्यरत विष्णुरञ्जन बराललाई मिर्चैया नगरपालिका सिरहा पढाइएको छ ।

त्यसैगरी, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टलाई टिकापुर नगरपालिका पठाइएको छ । गण्डकी प्रदेशमा कार्यरत बेदहरि अधिकारीलाई घरपझोङ गाउँपालिका मुस्ताङ सरुवा गरिएको छ ।

महाकुलुङ गाउँपालिका सोलुखुम्बुमा कार्यरत पदम बहादुर बस्नेतलाई गोलन्जोर गाउँपालिका सिन्धुली, फिङ्कल गाउँपालिका सिन्धुलीमा कार्यरत राजेन्द्र कार्कीलाई मकवानपुरगढी गाउँपालिका मकवानपुर, गृह मन्त्रालय अन्तर्गत कार्यरत भरत सापकोटालाई जिल्ला समन्वय समिति काभ्रेपलान्चोक सरुवा गरिएको छ ।

बेलडाँडी गाउँपालिकामा कार्यरत पदमराज जोशीलाई जिल्ला समन्वय समिति कञ्चनपुर खटाइएको छ । उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईको गृहमन्त्रालयअन्तर्गत सरुवा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत चित्रप्रसाद गुरागाईको उदयपुरगढी गाउँपालिकामा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

छत्रदेव गाउँपालिकामा कार्यरत भेषराज पन्तको मायादेवी गाउँपालिका रुपन्देही र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत भेषराज घिमिरेको छत्रदेव गाउँपालिका अर्घाखाचीमा सरुवा गरिएको छ ।

नेचासल्यान गाउँपालिका सोलुखुम्बुमा कार्यरत लबुन राईको जिल्ला समन्वय समिति खोलुखुम्बु, मनहरी गाउँपालिका मकवानपुरका मोहन कुमार श्रेष्ठको सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रमेश सुवेदीको मनहरी गाउँपालिका मकवानपुरमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : १२ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज