६ मिलियन डलर ऋण लिने सरकारको निर्णय « Khabarhub

६ मिलियन डलर ऋण लिने सरकारको निर्णय


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीको लागि विश्व बैङ्कबाट सहुलियत ऋण सहायता लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले अपर अरुण जलविद्युत परियोजनाको लागि विश्व बैङ्कबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिइन् ।

बैठकले कम्पनी दर्ता र पूजीँ वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ भने बाध्यकारी श्रमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्नको लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, जटामसी वनस्पतिको व्यवस्थापन निकायको रुपमा डिभिजन वन कार्यालयलाई तोक्ने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा बाबुराम पन्तलाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यसैगरी, पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले चिकित्सकमाथिको आक्रमण उचित नभएको भन्दै दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाइन् । प्रवक्ता शर्माले चाडपर्वका अवसरमा चिनीलगायत अध्यावश्यक वस्तुहरुको अभाव हुन नदिने र अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गरिन् ।

त्यस्तै उनले संविधान दिवसका अवसरमा आममाफी दिने विषयमा कानून र संविधानभन्दा सरकार बाहिर नजाने स्पष्ट पारिन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : १६ बजे

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा