अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई एक लाख जरिवाना « Khabarhub

अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई एक लाख जरिवाना


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि न्यूनतम एक लाख जरिवाना गरिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिए ।

उनका अनुसार विग मार्टले बिक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार जरिवाना गरिएको छ । यस्तै, म्याद सकिएको बियर बिक्री गरेको भेटिएपछि दश हजार जरिवाना गरेको सुनारले जानकारी दिए ।

“संयुक्त बजार अनुगमन ललितपुरको टोलीले आइतबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको हो । हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलवाड गर्नेगरी खाद्यवस्तु बिक्रीवितरण नगर्न सचेत गराउँदा पनि पालना नगरेपछि जरिवाना गरिएको हो,” सहायक प्रजिअ सुनुवारले भने ।

घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका निरीक्षक अधिकृत सञ्जय थापाले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर अखाद्य वस्तुको ‘डिस्पोज’ गरिएको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : २८ बजे

शेरधनले इन्द्रलाई भने, ‘हिक्मतलाई निरन्तरता दिएर काम छैन, अब अर्को ल्याउने हो’

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राई र कोशी प्रदेशका नेकपा

सामान्य बन्दै गोलबजारको जनजीवन, कर्फ्यु हट्यो (तस्बिरहरू)

जनकपुरधाम– सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइएको छ ।

अर्थतन्त्रको विकास र विस्तार गर्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र

कमजोर भीएफएक्स लिएर झुल्किए एक्सन हिरो निखिल

काठमाडौं – हिरो निखिल उप्रेतीको फिल्म रिलिज भएको ७ वर्ष