सेयर बजारमा सामान्य वृद्धि | Khabarhub Khabarhub

सेयर बजारमा सामान्य वृद्धि


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलब १८ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य चार अंकले बढेर लागेर तीन सय ७८ दशमलव ७३ मा पुगेको छ । कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य बढेको छ भने एक उपसमूहको मात्रै घटेको छ । 

विभिन्न कम्पनीका कूल २८ लाख ७४ हजार दुई सय ७५ कित्ता शेयर रु ८७ करोड चार लाख ४४ हजार एक सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् । 

कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ३८ लाख ८० हजार आठ सय ६० बराबरको कारोबार भएको छ । यस्तै, एनआइसी एशिया बैंक रु चार करोड ३४ लाख तीन हजार, साल्ट टे«डिङ कर्पोरेसन रु तीन करोड ९९ लाख ४० हजार पाँच सय ८५, एभरेष्ट बैंक रु तीन करोड ६० लाख ८२ हजार छ सय २८ र आइएमई लाइफ इन्स्योरेन्स रु दुई करोड ४२ लाख छ हजार आठ सय ९७ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार इमर्जिङ नेपाल नौ दशमलब ९९, थ्री स्टार हाइड्रोपावर नौ दशमलव ९८, भूगोल इनर्जी डेभलपमेन्ट आठ दशमलव ७२, आरबीबी म्युचुअल फण्ड दोस्रो सात दशमलव ९४ र मेछ्याङ हाइड्रोपावरको शेयर मूल्य सात दशमलव ७७ प्रतिशतले बढेको छ । 

साथै शुभम पावर नौ दशमलब ९९, पिपुल्स पावर चार दशमलव ९६, समता घरेलु लघुवित्त तीन दशमलव ५१, सप्तकोशी डेभलपमेन्ट बैंक तीन र गुराँस लघुवित्तको शेयर मूल्य एक दशमलव ९९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ४ : १४ बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट