ब्रोइलर कुखुराको मूल्य पुनः बढ्यो  | Khabarhub Khabarhub

ब्रोइलर कुखुराको मूल्य पुनः बढ्यो 


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबारदेखि लागू हुनेगरि जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो।

जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको संघका सचिव देव गिरीले बताए। नयाँ निर्णयअनुसार जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ पुगेको छ। पछिल्लो आठ दिनमा तीन पटक मूल्य वृद्धि भएको हो।

२५ भदौमा संघले कुखराको प्रतिकेजी मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ पुर्‍याएको थियो। त्यस लगत्तै २७ भदौमा पुनः किलोमा १० रुपैयाँले बढाएर ब्रोइलरको कोल्ड स्टोर मूल्य २७० रुपैयाँ पुर्‍याइएको थियो।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ५ : ५८ बजे

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको