कालीकोटको नरहरिनाथमा ‘रेन गज’ जडान « Khabarhub

कालीकोटको नरहरिनाथमा ‘रेन गज’ जडान


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको नरहरिनाथ गाउँपालिकामा वर्षा मापन यन्त्र  (रेन गज) जडान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र नरहरिनाथ गाउँपालिकाको समन्वयमा नरहरिनाथ–१ स्थित सुनथराली विमानस्थलमा सो यन्त्र जडान गरिएको हो । ‘रेन गज’  जडान हुँदा वर्षाको मापन गर्न सहज हुने नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए। 

‘पहिरोको उच्च जोखिम रहेका स्थानीय तहका बीचमा पर्ने विमानस्थलमा पहिरोको पूर्वसूचना दिने ‘रेन गज’ जडान गरिएको छ’, उनले भने, ‘यसले  पूर्वसूचना दिनेछ ।’ सोलार सिष्टमसहित जडान भएको वर्षा मापन यन्त्रले प्रत्येक १०-१० मिनेटमा मापन केन्द्रको भाँडोमा परेको पानी स्वचालित प्रणालीबाट सर्भरमा गएर रिपोर्ट तयार हुने र वर्षा भएपछि स्थानीयवासीको मोबाइलमा पहिरो अलर्ट एप्लिकेसनमार्फत जानकारी लिन सकिने प्राविधिक शंकर बलामीले बताए । 

‘यो एक स्वचालित प्रणालीबाट सूचना दिने यन्त्र हो’, उनले भने, ‘यहाँ जडान गरिएको यन्त्रले मोबाइल एप्लिकेसनमा सूचना दिन्छ ।’ प्लान इन्टरनेसनलले विपद्को क्षेत्रमा काम गर्ने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालमार्फत पाँच लाखको लागतमा रेन गज स्टेसन जडान गराएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ । नरहिरनाथ, सान्नीत्रिवेणी र रास्कोट क्षेत्रमा वर्षा मापन यन्त्र नहुँदा समस्या हुँदै आएको थियो । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १ : ०३ बजे

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका