तिलोत्तमा नगरमा आइतबार सार्वजनिक बिदा « Khabarhub

तिलोत्तमा नगरमा आइतबार सार्वजनिक बिदा


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

बुटवल- थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

नगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइतबार सार्वजनिक बिदा दिने जानकारी गराएको हो। नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने जनाइएको छ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ  ‘मिति २०८० साल असोज ७ गते आइतबारका दिन थारु समुदायको महत्त्वपूर्ण पर्व बड्की आइतबारको उपलक्ष्यमा यस तिलोत्तमा नगरपालिका नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरू, विषयगत शाखा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरू र सामुदायिक तथा संस्थागत विद्यालयहरूमा स्थानीय बिदा दिने यस कार्यालयको बिहीबारको निर्णयअनुसार सम्बन्धित सबैमा जानकारी गराइएको छ ।’

 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ६ : ०३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने