प्रधानमन्त्री प्रचण्ड आजदेखि चीन भ्रमणमा « Khabarhub

प्रधानमन्त्री प्रचण्ड आजदेखि चीन भ्रमणमा


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमणमा जाने भएका छन् । 

अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । 

चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट शुक्रबार स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट हाङजाओ प्रस्थान गर्नेछन् । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा हुने १९ औं एसियाली खेलकुदको उद्‌घाटन समारोहमा सहभागी हुनेछन् । शनिबार  चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ११ : २० बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट