प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन ११ वटा पकेट क्षेत्र बनाउने तयारी छ : मुख्यमन्त्री जम्कट्टेल « Khabarhub

प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन ११ वटा पकेट क्षेत्र बनाउने तयारी छ : मुख्यमन्त्री जम्कट्टेल


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताएका छन् ।

बागमती प्रदेश युवा परिषदको आयोजनामा आज सुरु भएको प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिमका क्रममा पकेट क्षेत्रमार्फत एक लाखलाई उत्पादनसँग जोडिने उनले बताए ।

उनले प्रदेश सरकारले अब समुदायमा आधारित कृषिमा लगानी गर्ने योजनाका साथ काम गरिरहेको जानकारी दिए । प्रदेश सरकारले बहुवर्षीय योजना बनाएर काठमाडौँ र भक्तपुरबाहेकका ११ वटा जिल्लामा उत्पादनका आधारमा पकेट क्षेत्र घोषणा गरेर लगानी गरिने उनले बताए ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले युवा स्वयंसेवकका लागि सहयोग गर्ने बताइन् । युवा स्वयंसेवकहरुले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताउदै उनले प्रदेश सरकारले उनीहरुको कार्यको मूल्याङ्कन गर्ने भनाइ राखिन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : २३ बजे

नेप्से परिसूचक १८ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव १० अंकले

मणिपाल कलेज बनाउन खरिद गरेको ३५ बिघा जग्गा वर्षौँदेखि अलपत्र

जलेश्वर– महोत्तरी सदरमुकाम जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको मणिपाल इन्जिनियरिङ कलेज बनाउने भन्दै

इरानसँग पाकिस्तानमा हुने वार्तामा ट्रम्प पनि सहभागी हुन सक्ने

इस्लामावाद- अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी दोस्रो चरणको वार्ता पाकिस्तानमा बुधबारदेखि

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

अछाम– कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद

गृहमन्त्री सुधनबारे रवि-बालेन गम्भीर, स्पष्टीकरण चित्त नबुझे हटाउने तयारी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि पार्टी सभापति