एसियाली खेलकुदको महिला फुटबलमा नेपाल भियतनामसँग पराजित « Khabarhub

एसियाली खेलकुदको महिला फुटबलमा नेपाल भियतनामसँग पराजित


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ । चीनको हाङझाउमा आज भएको उक्त प्रतियोगिताअन्तर्गत समूह डि को पहिलो खेलमा भियतनामले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो । भियतनामको जितमा फाम हाइ एन र न्यूगेन थि बीच थुइले समान एक गोल गरे ।

खेलको  ५३ औँ मिनेटमा फाम हाइ एनले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाइन् । त्यस्तै, खेलको ६४ औँ मिनेटमा थि बीच थुइले एक गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन् । नेपालले अब आफ्नो दोस्रो खेल जापानसँग यही असोज ८ गते खेल्नेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ५ : ३२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको