इजरायली सेनासँगको झडपमा परी दुई जना प्यालेस्टाइनीको मृत्यु « Khabarhub

इजरायली सेनासँगको झडपमा परी दुई जना प्यालेस्टाइनीको मृत्यु


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- इजरायली सेनासँगको झडपका क्रममा आइतबार दुई जना प्यालेस्टाइनीको ज्यान गएको छ । आइतबार बिहान प्यालेस्टाइनको पश्चिम किनारमा रहेको शरणार्थी शिविरमा झडप हुँदा दुई जना प्यालेस्टाइनीको ज्यान गएको हो ।

नुर शाम्स शरणार्थी शिविरमा भएको झडपका क्रममा दुई जना प्यालेस्टाइनीको टाउकोमा गोली लागेर मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मारिनेमा २२ वर्षीय ओसैद अबु अली र ३२ वर्षीय अब्दुल रहमान अबु दगास रहेका छन् ।

इजरायली सेनाले पनि आतङ्वादविरुद्धको कारबाहीमा दुई जना प्यालेस्टाइनी मारिएका पुष्टि गरेको छ । गत वर्षको प्रारम्भदेखि पश्चिम किनारमा इजरायल–प्यालेस्टाइन द्वन्द्व भीषण भिडन्तमा परिणत भएको छ । गत मङ्गबारदेखि त्यहाँ भड्किएको हिंसामा परी कम्तीमा आठ जना प्यालेस्टाइनी मारिएका छन् ।

शिविरबाट इजरायली सेनाले भारी मात्रामा विष्फोटक पदार्थ, उपकरण र हतियार बरामद गरिएको एक विज्ञप्ति निकालेर जानकारी दिएको छ । शिविरबाट संदिग्ध आतङ्वादीहरूले गोलीसहित विस्फोटक उपकरणबाट आक्रमण गरेपछि प्रतिरक्षात्मक कारबाही गरिएको स्पष्ट गरेको छ ।

सन् १९६७ मा छ दिनको युद्धपछि इजरायलले पश्चिमा किनारमा आफ्नो नियन्त्रण कायम गरेको छ । स्वतन्त्र प्यालेस्टाइन राज्यको माग गर्दै आएका प्यालेस्टाइनीहरूले छ दिने युद्धमा कब्जा गरेको सबै भूभागबाट इजरायल फिर्ता हुनुपर्ने र त्यहाँका यहूदी बस्तीहरू भत्काउनुपर्ने माग गर्दै आएका छन् । यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कट्टर दक्षिणपन्थी गठबन्धन सरकारले बस्ती विस्तारलाई अगाडि बढाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १ : २६ बजे

खाना पकाउने ग्यास लिन सर्वसाधारणको लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै