सर्वोच्चले प्रधानमन्त्री प्रचण्डविरुद्धको ७ वर्षअघिको मुद्दाको निर्णय मंसिर २८ गते सुनाउने « Khabarhub

सर्वोच्चले प्रधानमन्त्री प्रचण्डविरुद्धको ७ वर्षअघिको मुद्दाको निर्णय मंसिर २८ गते सुनाउने


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो मुद्दाको निर्णय आगामी मंसिर २८ गते सुनाउने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले आइतबार यस मुद्दाको निर्णय सुनाउने मिति तोकेको हो । आइतबार दुवैतर्फको बहस सकिएसँगै सर्वोच्चले निर्णय सुनाउने मिति तोकेको हो ।

यस मुद्दामा दोषी ठहर भएमा अदालतले कैद वा जरिवानाको प्रस्तावसहित उनलाई माफी माग्ने अवसर दिनसक्नेछ । आरोप पुष्टि नभए निवेदन स्वतः खारेज हुनेछ ।

२०७३ वैशाखमा प्रचण्डले राष्ट्रिय सभागृहमा आयोजित माओवादी कार्यकर्ताको भेलामा अदालतमा आफूविरुद्ध षड्यन्त्र भएको र माओवादीविरुद्ध अदालतलाई प्रयोग गरिएको भन्ने अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : ५९ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका