सर्वोच्चले प्रधानमन्त्री प्रचण्डविरुद्धको ७ वर्षअघिको मुद्दाको निर्णय मंसिर २८ गते सुनाउने « Khabarhub

सर्वोच्चले प्रधानमन्त्री प्रचण्डविरुद्धको ७ वर्षअघिको मुद्दाको निर्णय मंसिर २८ गते सुनाउने


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो मुद्दाको निर्णय आगामी मंसिर २८ गते सुनाउने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले आइतबार यस मुद्दाको निर्णय सुनाउने मिति तोकेको हो । आइतबार दुवैतर्फको बहस सकिएसँगै सर्वोच्चले निर्णय सुनाउने मिति तोकेको हो ।

यस मुद्दामा दोषी ठहर भएमा अदालतले कैद वा जरिवानाको प्रस्तावसहित उनलाई माफी माग्ने अवसर दिनसक्नेछ । आरोप पुष्टि नभए निवेदन स्वतः खारेज हुनेछ ।

२०७३ वैशाखमा प्रचण्डले राष्ट्रिय सभागृहमा आयोजित माओवादी कार्यकर्ताको भेलामा अदालतमा आफूविरुद्ध षड्यन्त्र भएको र माओवादीविरुद्ध अदालतलाई प्रयोग गरिएको भन्ने अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : ५९ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति