मलंगवाको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय, राति यथावत रहने « Khabarhub

मलंगवाको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय, राति यथावत रहने


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मलंगवा सर्लाही सदरमुकाम मलंगवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ रातिलाई भने यथावत राखिएको छ ।  

सर्लाही जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीबार राति १० बजेदेखि लगाएको निषेधाज्ञा दिउँसोको समयमा हटाउने तर राति ८ बजेदेखि बिहान ४ बजेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो ।  

गणेश चतुर्थीको मूर्ति विर्सजन गर्न जाने क्रममा मलङ्गवामा दुई समुदायबीच झडप भएपछि गएको बिहीबार राति १० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि यहाँ निषेधाज्ञा  जारी गरिएको थियो ।

बिहीबार रातिदेखि अशान्त बनेको मलंगवामा गएरातिदेखि अवस्था समान्य हुँदै गएपछि आजदेखि दिनको निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

दिनमा निषेधाज्ञा आदेश निष्क्रिय गरिए पनि सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, बैठक, प्रदर्शन, पोस्टर पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको प्रजिअ यादवले बताए। 

आज निषेधाज्ञा हटाइए पनि मलंगवाको बजार खुलेको छैन भने यातायात, शिक्षण संस्था, सरकारी कार्यालय पनि पूर्णरुपममा बन्द छन् । यता व्यापारीका सङ्घसङ्गठनले पनि बजार खोल्न आह्वान गरेका छन् । निषेधाज्ञा हुँदा पनि  घटना हुन थालेपछि आइतबार दिउँसोदेखि स्थानीय प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको थियो । निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले अहिले पनि हिरासतमा राखेको छ । 

गणेशको मूर्ति विर्सजन गर्न जाने क्रममा गएको बिहीबार घरको छतबाट अर्को पक्षले ढुङ्गा प्रहार गरेको थियो । ढुङ्गा लागेर सुरक्षाकर्मीसहित एक दर्जन मानिस घाइते भएका थिए भने छुरा प्रहारबाट सख्त घाइते भएका मलंगवा नगरपालिका–७, मुसैली निवासी रुपेशकुमार यादवको अहिले वीरगञ्जमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै