रामपुरमा टोलटोलबाटै भत्ता वितरण « Khabarhub

रामपुरमा टोलटोलबाटै भत्ता वितरण


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रामपुर– पाल्पाको रामपुर नगरपालिकाले टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिकको सहजता लागि पालिकाको केन्द्रदेखि टाढा रहेका नागरिकलाई टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

बैंकको पहुँचदेखि टाढा रहेका वडा नं १, ९ र १० का ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै टोल बस्तीमै पुगेर भत्ता वितरण गर्ने कार्यक्रम सुरु गर्न लागिएको नगर प्रमुख रमणबहादुर थापाले बताएका छन्  । ‘पालिकाको केन्द्र तथा बैंकको पहुँचदेखि टाढा रहेका ज्येष्ठ नागरिकलाई भत्ता लिन आउनजान धेरै समस्या भएकाले टोलटोलमा जनशक्ति परिचालन गरेर भत्ता उपलब्ध गराउने छौँ’, उनले भने। थापाका अनुसार नगरपालिकाले कृषि विकास बैंकसँग समन्वय गरेर टोलमा भत्ता वितरण गर्नेछ ।

पालिकाको कार्यालय भवनबाटै कृषि विकास बैंकको विस्तारित सेवा कार्यालय स्थापना गरी नागरिकलाई बैंकिङ सेवा दिने जनाइएको छ । बैंकको रामपुर शाखाले वडा नं १ को कार्यालयबाट बैंक खाता खोल्न सुरु गरेको नगर प्रवक्ता तथा वडाध्यक्ष कपिलबहादुर खाणले बताए  । 

उनका अनुसार पहिलो दिन वडा नं १ को साँखर्दी, कुमैडाँडा, कठैडाँडा, मकैडाँडा, फुकलडाँडा, क्वाङ क्वाङ, गजबन्दी लगायतका स्थानका ९२ नागरिकको खाता खोल्ने काम भएको छ । यस वडामा चार सय ३२ जनाले सामाजिक सुरक्षा भत्ता सुविधा लिँदै आएका वडाध्यक्ष खाणले जानकारी दिए । 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  २ : ०४ बजे

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक