रामपुरमा टोलटोलबाटै भत्ता वितरण | Khabarhub Khabarhub

रामपुरमा टोलटोलबाटै भत्ता वितरण


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रामपुर– पाल्पाको रामपुर नगरपालिकाले टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिकको सहजता लागि पालिकाको केन्द्रदेखि टाढा रहेका नागरिकलाई टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

बैंकको पहुँचदेखि टाढा रहेका वडा नं १, ९ र १० का ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै टोल बस्तीमै पुगेर भत्ता वितरण गर्ने कार्यक्रम सुरु गर्न लागिएको नगर प्रमुख रमणबहादुर थापाले बताएका छन्  । ‘पालिकाको केन्द्र तथा बैंकको पहुँचदेखि टाढा रहेका ज्येष्ठ नागरिकलाई भत्ता लिन आउनजान धेरै समस्या भएकाले टोलटोलमा जनशक्ति परिचालन गरेर भत्ता उपलब्ध गराउने छौँ’, उनले भने। थापाका अनुसार नगरपालिकाले कृषि विकास बैंकसँग समन्वय गरेर टोलमा भत्ता वितरण गर्नेछ ।

पालिकाको कार्यालय भवनबाटै कृषि विकास बैंकको विस्तारित सेवा कार्यालय स्थापना गरी नागरिकलाई बैंकिङ सेवा दिने जनाइएको छ । बैंकको रामपुर शाखाले वडा नं १ को कार्यालयबाट बैंक खाता खोल्न सुरु गरेको नगर प्रवक्ता तथा वडाध्यक्ष कपिलबहादुर खाणले बताए  । 

उनका अनुसार पहिलो दिन वडा नं १ को साँखर्दी, कुमैडाँडा, कठैडाँडा, मकैडाँडा, फुकलडाँडा, क्वाङ क्वाङ, गजबन्दी लगायतका स्थानका ९२ नागरिकको खाता खोल्ने काम भएको छ । यस वडामा चार सय ३२ जनाले सामाजिक सुरक्षा भत्ता सुविधा लिँदै आएका वडाध्यक्ष खाणले जानकारी दिए । 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  २ : ०४ बजे

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने प्रधानमन्त्रीको निर्णय

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ

उपत्यका लगायत देशभरको जनजीवन सामान्य बन्दै

काठमाडौं– काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन सामान्य बनेको छ ।  

अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन

काठमाडौं– नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चिनियाँ विदेश मन्त्रालयले भन्यो– नेपालीको इच्छाअनुसार सघाउन तयार छौँ

काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम चौधरीबाट पार्टी परित्याग गरेको घोषणा (भिडियोसहित)

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको