माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा « Khabarhub

माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए भने समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए ।

दोस्रो हाफको ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । त्यसअघि पहिलो हालमा सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन रातो कार्ड खादै बाहिरिएपछि दुबै टीम १० खेलाडीमा सिमित भएको थियो ।

जितसँगै नेपालले समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : २३ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार