पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ « Khabarhub

पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना मेनपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती प्यालेसमेन्ट मेनपावरका सञ्चालक चितवन जिल्लाको भरतपुर घर भई हाल काठमाडौँको बसुन्धरा बस्ने ४२ वर्षीय रविन्द्र अधिकारी रहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई खोजतलास गर्ने क्रममा सोमबार बसुन्धाराबाट पक्राउ गरेको हो ।

अधिकारीले प्रेम तामाङसमेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु, प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्छ, त्यहाँ फुड प्याकिङमा काम गरेबापत १ लाख रुपैयाँ मासिक तलब हुन्छ भनी पीडितहरुबाट पटक पटक गरी २७ लाख २५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ५१ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार