स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत : मन्त्री भण्डारी « Khabarhub

स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत : मन्त्री भण्डारी


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरद्सिंह भण्डारीले संविधानको मौलिक हकमै व्यवस्था भएको स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको बताएका छन् ।

आज काठमाडौँमा भएको खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहेको औँल्याए ।

मन्त्री भण्डारीले सरकार, निजी क्षेत्र र दातृ निकाय तथा सङ्घसंस्थाको सहकार्यमा मात्रै सरकारले लिएको लक्ष्य पूरा गर्न सकिने भएकाले सामूहिक प्रयास महत्वपूर्ण हुने बताए।

सबै नागरिकलाई खानेपानी र सरसफाइको पहुँचमा पुर्‍याउन बहुआयामिक विषय जोडिने भएकाले  ती क्षेत्रको पनि सुधार गर्नुपर्नेमा जोड दिँदै उनले यो सम्मेलनले एउटा दिशानिर्देश गर्ने बताए । मन्त्री भण्डारीले दिगो विकास लक्ष्यसँग जोडिएको यो विषयलाई विशेषरूपमा लिएर काम गर्न सके समतामूलक समाज निर्माणमा महत्वपूर्ण फड्को मार्ने पनि उल्लेख गरे। 

उनले चुरे भावर क्षेत्रमा पानीको सतह तल गइरहेको सन्दर्भ जोड्दै उक्त समस्या न्यूनीकरणका लागि पनि काम गर्नु जरुरी रहेको छ भने ।  

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  २ : ४३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले सोध्यो २९ स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई

साविक एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षसहित तीन सयजना एमालेमा प्रवेश

पोखरा – कास्की जिल्लामा साबिक नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न

चितवनमा दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप, तीनजना पक्राउ

चितवन- स्थानीय प्रशासनले तोकेको स्थानमा भन्दा बाहिर कार्यक्रम गरेपछि दुर्गा

निःशुल्क आँखा शिविरबाट ८९ जनाको शल्यक्रिया

दमौली– तनहुँको आँबुखैरेनीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ८९ जनाको मोतियाबिन्दुको

‘कानुन बनाउन नपाएपछि महावीर पुनले रिसाएर छाडेका थिए सरकार’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तत्कालीन शिक्षा मन्त्री महावीर पुन रिसले