चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री « Khabarhub

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए ।

गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकहरूलाई काममा फर्कन अनुरोधसमेत गरे ।  

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू ६ महिनाभित्र सञ्चालनमा ल्याइने समेत बताए । यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पुर्‍याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उनको भनाइ थियो ।

मन्त्री बस्नेतले यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको बताए । 

शिक्षामा गुणस्तरीयता कायम गर्दै शुल्क निर्धारण पनि सरकारले गर्ने मापदण्ड बनाएर बन्द भएका संस्था सञ्चालनमा ल्याइने उनले बताए ।

फरक प्रसङ्गमा मन्त्री बस्नेतले स्वास्थ्य बीमा बोर्डका कारण केही अस्पतालमा बिरामीको चाप बढ्ने र केही बन्द हुने अवस्थामा पुगेको बताए । यसलाई नियमन गर्नका लागि मन्त्रालय लागिपरेको उनको भनाइ छ । 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ११ : ५३ बजे

धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्रको अन्तरदिवसीय (इन्ट्राडे) कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र

गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

एजेन्सी – सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं– सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को

​एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : पूर्वराष्ट्रपति भण्डारी वरिष्ठ नेता, ७ स्थायी कमिटी सदस्य चयन

ललितपुर– नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको

नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता

न्यूयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डकी समकक्षी पाेर्गदर क्याट्रिन गुनार्सदोतिरबीच