गोल्डेन ट्र्याङ्गल बाइक टुरको टोलीद्वारा पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन « Khabarhub

गोल्डेन ट्र्याङ्गल बाइक टुरको टोलीद्वारा पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बारा – चवालिसौँ विश्व पर्यटन दिवस–२०८० को अवसर पारेर काठमाडौँबाट निस्केको ‘गोल्डेन ट्र्याङ्गल बाइक टुर’ टोलीले पर्साको राष्ट्रिय निकुञ्जको अवलोेकन गरेको छ ।

सो अवसरमा पर्यटन व्यवसायी, मोटरबाइक राइडर तथा संरक्षणसँग सम्बन्धित सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रम पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार, बारामा सम्पन्न भएको छ ।

कार्यक्रममा मधेस प्रदेशका अध्यक्ष मोहन शर्माले पर्सा राष्ट्रिय निकुञ्जभित्र बाइक राइडिङ पहिलो प्रयोग भएको बताए । उनले ‘पर्यटन र हरित लगानी भन्ने’ नारा साकार भएको पनि उल्लेख गरे । बाइक राइडरहरूले गर्दा पर्सा राष्ट्रिय निकुञ्ज पर्यटनका लागि सक्षम भएकोसमेत उनको भनाइ थियो । उनले राइडरहरूलाई मधेसको प्रचार गरिदिएकामा धन्यवाद दिए ।

त्यस्तै जितपुर–सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले नेपालको ठूला सरहको नजिकमा पर्ने सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज सबैका लागि पायक पर्ने भए पनि सोचेको जस्तो प्रचार नभएकामा दुःख व्यक्त गरे । उक्त कुरालाई अब ‘गोल्डेन ट्र्याङ्गल बाइक टुर’ले पूरा गर्ने पनि व्यक्त गरे ।

त्यस्तै गोल्डेन ट्र्याङ्गल बाइक टुरका राइडर विष्णु विवेकले पर्साको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न थप सहयोग पु¥याउने बताए । उनले चितवनमा आएका पर्यटकलाई पर्सा राष्ट्रिय निकुञ्जमा समेत ल्याउन प्रयास गर्नुपर्ने कुरा औँल्याउनुभयोए ।

बिहीबार गोल्डेन ट्र्याङ्गल बाइक टुर टोलीले भरतपुरको यात्रा गर्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : २४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी