पाठेघरको मुखको क्यान्सरबारे सचेतना कार्यक्रम सम्पन्न « Khabarhub

पाठेघरको मुखको क्यान्सरबारे सचेतना कार्यक्रम सम्पन्न


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्यले ग्राण्डी इनटरनेशनल हस्पिटलमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

 आज काठमाडौंका विभिन्न विद्यालयका कक्षा १० देखि १२ मा अध्ययनरत किशोरीहरूलाई अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा पद्मराज पन्तले पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानका महत्वबारे बताएका थिए । 

डा. पन्तले महिलाहरूको पाठेघरको परिक्षण गर्दा १ सय जनामा ५ जनामा पाठेघरको मुखको क्यान्सर देखिएकोले रोक्न र उपचार गर्नको लागि ग्राण्डी अस्पतालले विभिन्न स्कुल कलेज तथा स्थानीय निकायहरूसंग समन्वय गर्दै जनचेतना अभिवृद्धि गर्ने कुरामा अघि बढ्ने बताए ।

समयमै पाठेघरको मुखको क्यान्सर थाहा पाए उपचार गर्न सकिन्छ र यसको जानकारी भए रोकथाम समेत गर्न सकिन्छ भन्ने जानकारी आवश्यक भएको बताए । गाउँ देखि सहर सम्म जनचेतना जगाउनु आवश्यक रहेको र बिकसित देशमा भन्दा अल्पविकसित देशमा यो रोग बढ्दै गएको डाक्टर पन्तको भनाई छ  ।

उनले पाठेघरको क्यान्सर पत्ता लगाउन महगों नभएको र कम खर्चमा गर्न सकिने भएकोले मुख्य कुरा सबैलाई चेतना फैलाउनु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ५ : ०७ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार