१९औँ एसियाली खेलकुद : नेपाल र बङ्लादेशबीच बराबरी  « Khabarhub

१९औँ एसियाली खेलकुद : नेपाल र बङ्लादेशबीच बराबरी 


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

हाङझाउ १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको बराबरी खेलेका हुन् । 

नेपालका लागि रेखा पौडेलले गोल गरेकी हुन् । वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा पौडेलले खेलको ८३औँ मिनेटमा गोल गरेकी हुन् । सावित्रा भण्डारीले दिएको पासमा उनले गोल गरिन् । मध्यान्तर अघिको खेलमा बङ्लादेशले एक गोल गर्दै अग्रता लिएको थियो । उसका लागि खेलको ४४औँ मिनेटमा सविना खातुनले गोल गरिन् । 

समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलेका थिए । नेपाल र बङ्लादेश यसअघि खेलेका आफ्ना दुवै खेलमा पराजित भएका थिए । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २-० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८-० गोलअन्तरले पराजित भएको थियो । 

यस्तै बङ्लादेश पहिलो खेलमा जापानसित ८-० गोलअन्तरले तथा भियतनामसित ६-१ गोलअन्तरले पराजित भएको थियो । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ५ : ४० बजे

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ

२०८२-८३ मा निर्जीवन बीमा व्यवसाय : ५१ अर्ब ९२ करोड प्रिमियम संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२-८३ मा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१

देवानगञ्ज घटनापछि सीमा नाकामा कडा सुरक्षा, परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छिर्न निषेध

मोरङ- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली– कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु

सुकुम्वासीको पुकारा- अस्वस्थ शरीर र त्रसित मन लिएर कसरी बाँचौँ ? 

सरकारले खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर लगाएपछि सयौँ परिवार