स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी « Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।

गएराति भएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै एट्लेटिको मड्रिडले जित निकालेको हो । एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यान र रोड्रिगो रेचेले एक–एक गोल गरेका थिए ।

खेलको २०औँ  मिनेटमा एट्लेटिकोका ग्रीजम्यानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ८१ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै एट्लेटिकोलाई २–० गोलको जित दिलाए ।

यो जितसँगै एट्लेटिको ६ खेलबाट १३ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । पराजित भएको ओसासुना ७ अङ्कसहित १४औँ स्थानमा छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : २० बजे

वर्षायामअघि नै रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय