क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पूर्व राजाद्वारा खुसी व्यक्त « Khabarhub

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पूर्व राजाद्वारा खुसी व्यक्त


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको विश्व किर्तिमान प्रति गर्व महशुश व्यक्त गरेका छन् ।

चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व किर्तिमानले नेपालीको गौरव बढाएको पनि जनाएका छन ।

‘मित्र राष्ट्र चाइनाको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी २० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र नेपाली खेलाडीहरूले राखेको विश्व किर्तिमानले हामीलाइ अत्यन्तै खुसी तुल्याएको छ,’ राजाको सचिवालयले भनेको छ, ‘देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौं प्रतिकुलताको बाबजुत जुन सफलता हासिल गरेका छन, यसले नेपालको राष्ट्रिय गौरब बढाएको छ भन्ने हामीले महशुश गरेका छौं ।

वक्तव्यमा अगाडि भनिएको छ, ‘विश्व किर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरू र नेपाली क्रिकेट टिमलाइ यो सफलताको लागि हार्दिक बढाइ तथा शुभकामना ।’  

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  २ : ४४ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२