१२ वटा उल्कापिण्डका टुक्रा जोडेर बनाइएको घडी गिनिज बुकमा, मूल्य कति ? « Khabarhub

१२ वटा उल्कापिण्डका टुक्रा जोडेर बनाइएको घडी गिनिज बुकमा, मूल्य कति ?


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आकाशबाट उल्कापिण्ड झर्नु सामान्य कुरा हो । तपाईले पनि यस्ता धेरै घटना देख्नुभएकै होला । तर, के आकाशबाट खस्ने यी उल्कापिण्डलाई घडी बनाउन पनि प्रयोग गर्न सकिन्छ भनेर तपाईलाई थाहा छ ?

लेस एटेलियर्स लुइस मोइनेट एक स्विस कम्पनी हो । यो कम्पनी विशेष गरी घडी बनाउनका लागि विश्वभर परिचित छ । अहिले यो कम्पनीले केही यस्ता घडी बनाएको छ, जसको चर्चा विश्वभर छ । वास्तवमा यी घडीहरू बनाउन उल्कापिण्डका टुक्राहरू प्रयोग गरिएको छ ।

यो घडी बनाउन १२ विभिन्न प्रकारका उल्कापिण्डका टुक्रा प्रयोग गरिएको छ । यी उल्कापिण्डहरू चन्द्रमा, मंगल ग्रह र क्षुद्र ग्रहजस्ता आकाशीय पिण्डबाट पृथ्वीमा आएको र ल्याइएको टुक्राहरू राखेर बनाइएको हो । यो घडीलाई कस्मोपोलिस नाम दिइएको छ ।

करबाहेक यो घडीको मूल्य करिब ३.२ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जबकि, यसको मूल्य करसहित हुँदा त्यो भन्दा उच्च हुन आउँछ। यो घडी बनाउनका लागि उल्कापिण्डसँगै १८ क्यारेटको गुलाबी सुन प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो घडीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमासमेत समावेश गरिएपछि थप चर्चामा आएको हो ।

उल्कापिण्डबाट केही वस्तुको निर्माण गरिएको यो पहिलो पटक भने होइन । यसअघि उल्कापिण्डबाट पनि अनौठो पर्स बनाइएको थियो । यो पर्स कोपर्नी नामको फ्रान्सेली कम्पनीले बनाएको हो । यो पर्सको मूल्य ३५ लाखभन्दा बढी छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ५ : ०५ बजे

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

मोरङ– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका-६ बस्ने २७

लुटपाटमा संलग्न रहेको अभियोगमा चारजना पक्राउ

काठमाडौं–  लुटपाटमा संलग्न रहेको अभियोगमा चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सवारीसाधनमा जडान गरिएको कालो सिसा