‘संविधान कार्यान्वयनमा सबै इमान्दार बन्नुपर्छ' | Khabarhub Khabarhub

‘संविधान कार्यान्वयनमा सबै इमान्दार बन्नुपर्छ’


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हामीले राम्रो संविधान बनाएका छौं। आठ वर्षको यो समयमा कार्यान्वयनमा केही समस्या देखियो। कार्यान्वयनमा समस्या रहेको कारणले सामाजिक असन्तुष्टि एकदमै धेरै छ। अहिले प्रश्नहरू धेरै छन्। समस्याहरू छन् भनेर हामीले पनि स्वीकार गरिसकेको अवस्था छ।

शासन सञ्चालनमा, सुशासनमा, सङ्घीयतामा त झन् धेरै ठुलो प्रश्न उठिरहेको छ। निर्वाचन अत्यन्तै खर्चिलो भएर गइरहेको अवस्था छ। मौलिक हक कार्यान्वयन नभएको अवस्था छ। यो शासन सत्ता र पहुँचमा रहने व्यक्ति नै खास गरेर भ्रष्टाचारमा डुबिरहेको र अनियमितताका कामहरूमा डुबिरहेको अवस्था छ। यस्ता विषयमा पहुँचवाला व्यक्ति र उहाँको परिवार कताकताबाट अनियमितता र भ्रष्टाचारमा सम्मिलित भइरहेको अवस्था पनि छ।

अहिले सामाजिक अराजकता बढेको र नयाँ पुस्ताले नेपालको राजनीतिक नेतृत्वप्रति, संविधानप्रति, सरकार, दलप्रति असाध्यै आक्रोशित देखिन्छ। यसले अविश्वास गरिरहेको जस्तो देखिन्छ। हामीले त्यो पुस्तालाई अवसर, रोजगारी र शिक्षा दिन नसकेको अवस्था छ।

ठुला राजनीतिक दलमा जसले यो संविधान निर्माण गरेका हुन्। निर्माणमा यिनै दलको संलग्नतामा भएको हो। कार्यान्वयन पनि त्यसैगरी अगाडि बढाउनुपर्ने हो। कार्यान्वयनमा केही समस्या देखियो।

त्यसकारण ठुला राजनीतिक दल, संसद्, सरकार वा जो हिजो संंविधान निर्माण गर्ने क्रममा बढी सम्मिलित भएका थिए। तिनै दलले संविधान कार्यान्वयनमा जिम्मेवार, संवेदनशील र इमानदार बन्नुपर्ने देखिन्छ । त्यो नहुँदा अहिले प्रश्न उठ्यो। त्यो प्रश्न राजनीतिक नेतृत्वप्रति, दलमाथि नै छ।

नयाँ पुस्ता जसले भोलिको भविष्य निर्माण गर्ने हो। उनीहरूले बाटो बिराइरहेको, देश छोडिरहेको अवस्था छ। अहिलेको अवस्था डरलाग्दो नै हो। जिम्मेवारपूर्वक हामीले सोच्दा त्यो एकदमै डरलाग्दो अवस्था छ। अब यसलाई यही कार्यान्वयनमा ल्याउने पक्षमा हामी सबै इमानदार भएर लाग्नुपर्छ भन्ने मलाई लाग्छ। म यही कामना गर्छु।

(संविधान दिवसको अवसरमा पेभिलियन हल दरबारमार्गमा आयोजित कार्यक्रममा पूर्व सांसद् खेम लोहनीले राख्नुभएको धारणाको सारसंक्षेप)

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : १३ बजे

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार

काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका

एन्फाले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन

बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका

‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश

काठमाडौं – कलाकार हरिवंश आचार्य दर्शकलाई भेट्न नेपालगञ्ज पुगेका छन्

भूमिहीनलाई जग्गा माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं – भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने