सेयर बजारमा सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी : अर्थमन्त्री | Khabarhub Khabarhub

सेयर बजारमा सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी : अर्थमन्त्री


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताएका छन् । 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार काठमाडौंमा आयोजना गरेको वल्र्ड इन्भेस्टर विक–२०२३ मा बोल्दै अर्थमन्त्री महतले सेयर बजारलाई स्वस्थकर बनाउँदै आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताएका हुन् । 

इनसाइडर ट्रेनिङ र सूचना लिक हुने प्रवृत्तिलाई धितोपत्र बोर्डले नियमनको दायराभित्र ल्याउनुपर्ने उनले बताए । उनले लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्ने र  सुरक्षाका ज्ञान र जागरुकता पैदा गर्न जरुरी रहेको धारणा राखे ।

महतले विविध कारणले सेयर बजार अहिले तल झरेको र माइक्रो म्यानेजमेन्टमा समस्या भएकाले समाधान हुने विश्वास व्यक्त गरे । 

उनले सेयर बजार सुधारका लागि केही निर्णय चाडै आउने जिकिर गरे । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १ : १८ बजे

ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्दै पाकिस्तान

काठमाडौं – पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि

एसिसी यु-१६ कप क्रिकेट : पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

काठमाडौं – मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार

आज २०८२ साल असार ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार