सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ : गृहमन्त्री  « Khabarhub

सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ : गृहमन्त्री 


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन् ।

हेटौँडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव आज उद्घाटन गर्दै उनले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने अभियान सुरु गर्ने विश्वास दिलाए।

देशलाई भ्रष्टाचारले खोक्रो बनाएका कारण पनि समृद्धिका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यस अभियानमा साथ र सहयोग गरिदिन आग्रहसमेत गरे । राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको उनको भनाइ छ । गृहमन्त्री श्रेष्ठले भने , ‘हामी सुशासनको अभियान अगाडि बढाउँदै समृद्धिको बाटोमा निरन्तर लागिरहेका छौँ ।’ 

राष्ट्रका लागि गरेको योगदानका आधारमा दिने पदक निश्चित व्यक्तिको चलखेलमा सिफारिस हुने गरेको अवस्थालाई तोडेर पदकको मूल्याङ्कन उच्च राख्नका लागि तत्काल रोक्ने निर्णय गरिएको उनले जानकारी दिए । 

गृहमन्त्री श्रेष्ठका अनुसार पदक लिनेले किनेको जस्तो र सिफारिस गर्नेले बेचेको जस्तो अवस्था देखिएकाले पदकको गरिमा नै आँच आउने देखिएकाले यस्तो निर्णय गरिएको हो । 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले कानुनी समस्याका कारण एक सय वाटको रेडियोलाई प्रदेश सरकारले समेट्न नसकेको बताउँदै प्रदेश सरकार सञ्चारमाध्यमको विकासका लागि हरदम तयार रहेको बताए। उनले सञ्चारमाध्यमलाई नियमनसँगै उत्कृष्टताका लागि प्रोत्साहन गर्ने बताए ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले वर्तमान सरकारले सुशासनका लागि चालेको कदम स्वागतयोग्य रहेको बताए । उनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य अभिवृद्धि फिर्ता लिएर जनतालाई राहत दिएको भन्दै सरकारलाई धन्यवादसमेत दिए। सबैले आफ्नो स्थानबाट कर्तव्यको पालना गरेमा सुशासन कायम गर्न सकिने मन्त्री मोक्तानको विश्वास छ । 

बागमती प्रदेश सरकारले पनि सुशासन कायम गर्दै प्रदेशलाई समृद्ध बनाउने योजनासहित अगाडि बढेको बताउँदै उनले अब प्रदेशमा युवालाई स्वरोजगार बनाउनेतर्फ प्रदेश सरकार लागेको जनाए। निकास साप्ताहिक, रेडियो सन्देश र थाहा नेपालको अध्यक्ष सुनिल खड्काले सञ्चारको क्षेत्रबाट देश विकास र समृद्धिको यात्रामा लागि परेको बताए । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ३ : २५ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा