एसियाली खेलकुद : पुरुष क्रिकेटमा आज नेपाल र भारत खेल्ने  « Khabarhub

एसियाली खेलकुद : पुरुष क्रिकेटमा आज नेपाल र भारत खेल्ने 


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत आज पुरुष क्रिकेटमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे चीनको झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा सुरु हुनेछ ।

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको हो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए । जसअनुसार आज नेपाल भारत बिच प्रतिस्पर्धा हुन लागेको हो ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराउँदै सानदार जित निकालेको थियो ।

मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति विश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ६ : २५ बजे

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण