कर्मचारी नेतालाई प्रधानमन्त्रीको ‘ढाडस’–ट्रेड युनियन खारेज हुँदैन « Khabarhub

कर्मचारी नेतालाई प्रधानमन्त्रीको ‘ढाडस’–ट्रेड युनियन खारेज हुँदैन


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कर्मचारीहरुको ट्रेड युनियन सरकारले खारेज गर्न लागेको भन्ने भ्रम फैलाइएको बताए ।

बुधबार बिहान सरकाकारी निवास बालुवाटार पुगेका ट्रेड युनियनका पदाधिकारीसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानमा योगदान गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले कर्मचारी प्रशासनले सहयोग गरेको छैन् भन्ने नभएको स्पष्ट पार्दै त्यसलाई अझ प्रभावकारी, स्वच्छ र सेवा उन्मुख बनाउनुपर्ने आवश्यक्ता औल्याए ।

सरकारलाई दिमाग र कर्मचारीहरुलाई हातखुट्टाको रुपमा चित्रण गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीको सहयोगविना सरकार एक्लैले केही पनि गर्न नसक्ने बताए । प्रधानमन्त्री ओलीले कर्मचारीहरुको उपयुक्त माग पूरा गर्ने आश्वासन दिँदै आन्दोलनान जाने धम्की नदिन आग्रह गरे ।
प्रधानमन्त्रीसँगको भेटमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारीहरु अलपत्र परेकाले उनीहरुको समस्या तत्काल समाधान गरि दिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए । त्यसैगरी उनले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरुको तहगत प्रणाली अनुसारको सेवा सुविधाका लागि आवश्यक बजेटको व्यवस्था गर्न ढिलाई नगर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरे ।

प्रधानमन्त्री ओलीले कर्मचारीको मागका विषयमा पुनः छलफल गरेर आवश्यक निर्णय लिने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ३ : ०३ बजे

अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु

सान डिएगो – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा

कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ