राजावादीले धार्मिक सहिष्णुता बिथोलेको भन्ने आरोपप्रति राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति « Khabarhub

राजावादीले धार्मिक सहिष्णुता बिथोलेको भन्ने आरोपप्रति राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुले धार्मिक सहिष्णुता बिथोल्न लागेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले राजावादीहरु धार्मिक सद्भाव बिथोल्न थालेकाले निगरानी गर्नुपर्ने धारणा केही सांसदहरुले राखेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले कुन लोकतन्त्रविरोधी गतिविधिमा राजावादी संलग्न भएको हो भन्ने प्रष्ट पार्न चुनौति दिए । लिङ्देनले जघन्य हत्याका आरोपीहरुलाई जेलबाट छोड्ने, बालुवाटारको जग्गालाई व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने कामचाहीँ लोकतान्त्रिक हो ? भन्दै प्रश्नसमेत गरे ।

सम्बोधनका क्रममा लिङ्देनले ज्ञानेन्द्र शाहलाई राजा भनेर सम्बोधन गरेको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आपत्ति जनाए । उनले नेपालको संविधानले राजा नचिन्ने भन्दै राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गरे । यसअघि बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहलाई राजा भनेर सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ३ : ११ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि