खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा ७ हेलिकोप्टर आकस्मिक अवतरण « Khabarhub

खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा ७ हेलिकोप्टर आकस्मिक अवतरण


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टरको खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

खराब मौसमका कारण बिहान आठ बजेदेखि दिउँसो एक बजेसम्म सात हेलिकोप्टरले आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिए । मौसममा सुधार आएपछि सबै हेलिकोप्टर गन्तव्यतर्फ लागेका छन् ।

पर्यटक बोकेका हेलिकोप्टर लुक्लामा अवतरण हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा अवतरण गरेको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले बताए । विसं २०७६ देखि उडान बन्द रहेको लामीडाँडा विमानस्थल पछिल्लो समय हेलिकोप्टरको आकस्मिक अवतरणका लागि प्रयोग हुँदै आएको छ ।

लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्र गरिए पनि सञ्चालनमा आउन सकेको छैन । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीयलाई समेत सेवा दिने उद्देश्यले विसं २०२६ मा विमानस्थल निर्माण गरिएको थियो । त्यसको दुई वर्षपछि विसं २०२८ बाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याएको विमानस्थलमा हाल कालोपत्रे भए पनि सञ्चालनमा आउन सकेको छैन ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ३५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका