वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न सकेन; एमालेले सक्छ : महासचिव पोखरेल « Khabarhub

वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न सकेन; एमालेले सक्छ : महासचिव पोखरेल


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले महासचिव पोखरेलले वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न नसकेको बताएका छन् ।

उनले यो सरकारले मुलुकका हरेक क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गर्न नसकेको आरोप लगाउँदै सरकारका कारण नै मुलुकको अर्थतन्त्र सङ्कटतर्फ धकेलिएको बताए ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले हालैका दिनमा देशमा मूल्यवृद्धि आकासिएको भए पनि सरकारले महँगी नियन्त्रणमा कुनै प्रभावकारी कदम चाल्न नसकेको बताए ।

महासविच पोखरेलले मुलुकमा आफ्नो पार्टीले एकल बहुमत प्राप्त गरेमा मात्रै समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा हुने तर्क गरे ।

उनले विगतमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्धि र विकासका लागि निर्वाह गरेको भूमिका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित भए पनि नेकपाको विभाजन र एमालेविरोधी गठनबन्धनका कारण उक्त यात्रा गन्तव्यमा पुग्न नसकेको उल्लेख गरे ।

महासचिव पोखरेलले एमालेका सबै कमिटी र सङ्गठनले आगामी २०८४ सालमा हुने निर्वाचनलाई लक्ष्य गरेर पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाई समृद्धि र विकासको यात्रालाई पूरा गर्ने बाटोमा लाग्न आह्वान गरे । यस अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ५३ बजे

रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता

एजेन्सी– रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट 

काठमाडौं– नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८

जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन