विश्वकप क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानको सहज जित « Khabarhub

विश्वकप क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानको सहज जित


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ‍८१ रनले हराएको छ । जितका लागि २८७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स ४१ ओभरमा २०५ रन बनाउँदै अल आउट भयो ।

नेदरल्यान्ड्सका लागि बस दी लिदीले सर्वाधिक ६७ रन बनाए। त्यस्तै विक्रमजित सिंहले ५२ र लोगन वान बिकले २८ रनमा अविजित रहे। पाकिस्तानलाई जिताउन हरिसले ३ विकेट लिए भने हसन अलीले दुई विकेट लिए। बाँकी सहिन अफ्रिदी, इफ्तीखार अहमद, मोहम्मद नवाज र सदाव खानले एक/एक विकेट लिए।

त्यसअघि हैदरावादमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनाएको थियो। पाकिस्तानका लागि मोहम्मद रिजवान र साउद सकिलले समान ६८/६८ रन बनाए। मोहम्म नावाजले ३९ रन बनाउँदै सदाव खानले ३२ रन बनाए।

पाकिस्तानलाई अलआउट बनाउन बस दीले ४ विकेट लिए भने कोलिनले दुई विकेट लिए।

विश्वकपअन्तर्गत भोलि दुई खेल हुनेछन् । जसमा पहिलो खेलमा बङ्गलादेश र अफगानिस्तानबीच खेल हुनेछ । त्यस्तै दोस्रो खेलमा दक्षिण अफ्रिका र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १० : ०१ बजे

कास्की ३ मा रास्वपाकी गुरुङ विजयी

गण्डकी – कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

विजयोत्सव नमनाउन रास्वपाको निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका

काठमाडौं ८ : विराजको सानदार मत आउँदा २१ जनाको जमाना जफत

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा निर्वाचनको

काठमाडौं–१० मा फराकिलो मतान्तरसहित प्रदीप विष्ट विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र