कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, बहुमत पुग्ने सम्भावना क्षीण « Khabarhub

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, बहुमत पुग्ने सम्भावना क्षीण


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । जसका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

तत्कालीन मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा लिएको विश्वासको मत संविधानसम्मत नदेखिएको भन्दै सर्वोच्च अदालतले भदौ २२ मा कोशीमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएपछि कार्की मुख्यमन्त्री बनेका थिए । 

यसरी गठन भएको सरकारले संविधानको १६८ (४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकाले आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

यसअघि पहिलोपटक २०७९ पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका कार्की असार १५ मा विश्वासको मत पाउन नसकेर पदमुक्त बनेका थिए।

कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिए पछि उनले विश्वासको मत पाउन सकेका थिएनन्, जसका कारण उनी बाहिरिनु परेको थियो ।

त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्धव थापाले दुईदुई पटक लिएको मुख्यमन्त्रीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्न परमादेश दिएको थियो । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ सांसद छन् । 

अहिलेसम्मको अवस्थामा कुनै फेरबदल नभए एमालेको पक्षमा ४० सांसद मात्रै देखिएका छन् । यसअघि एमालेलाई साथ दिँदै आएको राप्रपाले यस पटक भने साथ नदिने जनाइसकेको छ । जसका कारण मुख्यमन्त्री कार्कीलाई सरकार जोगाउन मुस्किल पर्ने देखिएको छ । 

 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ४६ बजे

निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी

महोत्तरी– महोत्तरीमा निर्वाचनको चहलपहल बडढेसँगै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन

ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी

काठमाडौं- पूर्वराष्ट्रपति दम्पत्ति बाराक र मिशेल ओबामालाई बाँदरको स्वरुप दिएको

बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ

काठमाडौं– बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैंग्लोरबाट

भेनेजुएलामा आममाफी विधेयक विवादमा, विपक्षद्वारा गम्भीर कमजोरीको आरोप

एजेन्सी– भेनेजुएलामा २७ वर्ष लामो समाजवादी शासनकालका क्रममा पक्राउ परेका

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल