प्रधानसेनापति शर्मा बेलायत प्रस्थान « Khabarhub

प्रधानसेनापति शर्मा बेलायत प्रस्थान


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन्  । बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा छ दिवसीय औपचारिक भ्रमणका लागि उनी बेलायत गएका हुन् ।

प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरे। प्रस्थान गर्नपूर्व प्रधानसेनापतिलाई जङ्गीअड्डामा सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

बेलायतमा रहँदा प्रधान सेनापतिले वेल्स, ब्रेकनस्थित सेन्नीबृज तालिम शिविर क्षेत्रको भ्रमण गर्नाका साथै त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रेयन पट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नेछन् । भ्रमणका दौरान प्रधान सेनापतिको बेलायती समकक्षी जनरल स्यान्डर्ससँग शिष्टाचार भेटघाट हुनेछ । 

त्यस्तै, उनले बेलायती सेनाका स्थल युद्ध विभागका निर्देशक रोयल कलेज अफ स्टडिज र रोयल मिलिटरी एकेडेमी स्यान्ड्रस्टका प्रमुखहरूसँग भेटघाट गर्नुका साथै गोर्खाहरूको ब्रिगेडको समेत भ्रमण गर्नेछन् । प्रधानसेनापतिको भ्रमण दलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी छन् । 

यसैबीच, प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बेलायत भ्रमण सकेर प्रधान सेनापति यही असोज २७ गते स्वदेश  फर्कनेछन् । 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १ : ३९ बजे

सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक मन्त्री सुनिल

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसलाको प्रतिक्षा

काठमाडौं– पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा

विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् लिमा अधिकारी

काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका