एमाले कार्यकर्ताले दुर्व्यवहार गरे : दुर्गा प्रसाईँ « Khabarhub

एमाले कार्यकर्ताले दुर्व्यवहार गरे : दुर्गा प्रसाईँ


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूमाथि कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाएका छन्।

प्रसाईँले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेका थिए।

प्रसाईले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन्। आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको उनको भनाइ छ।

देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रंग-पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उनको आरोप छ।

प्रसाईं आफैँले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषा गरेका थिए। 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : २५ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल