भेप सुन तस्करी प्रकरण : राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर « Khabarhub

भेप सुन तस्करी प्रकरण : राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी वकिलको कार्यालय काठमाडौँले सुन तस्करी प्रकरणमा राहुल महरासहित चारजना विरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानअनुसार पुरक अभियोजनमार्फत् अदालतमा मुद्दा दर्ता गरिएको हो । 

विद्युतीय चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चारजना विरुद्ध आज मुद्दा दायर भएको हो । चारजना प्रतिवादीमध्ये तीनजना पक्राउ परेका छन् भने एकजना फरार छन् ।

पक्राउ परेका प्रतिवादीहरुमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, काठमाडौँको नागार्जुनका लोकेन्द्रकुमार पौडेल र  बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् । प्रतिवादी बौद्धका निमा गुरूङ फरार छन्।

नेपालको समेत नागरिकता भएका भनिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई मुख्य अभियुक्त बनाइएको छ। बेल्जियन नागरिक दावा ६० किलो सुन तस्करी प्रकरणको पनि मुख्य अभियुक्त हुन्। 

९ किलो सुनको बिगो ५ करोड रुपैयाँभन्दा बढी भएकाले ५ वर्षसम्म कैद हुनुपर्ने मागदाबी गरिएको छ। 

उनीहरूविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १२ : ४२ बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी