आजको मौसम : देशका केही भागमा सामान्य वर्षा हुने « Khabarhub

आजको मौसम : देशका केही भागमा सामान्य वर्षा हुने


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । साथै कोशी, बागमती  र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

ती क्षेत्रहरूमा वर्षाका कारण हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ६ : २० बजे

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको

भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक

निर्मल पुर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र धौलागिरी–४ मा शोक बिदा

काठमाडौँ । विश्वप्रसिद्ध पर्वतारोही निर्मला पुर्जा (निम्स दाइ) को निधनमा