आजको मौसम : देशका केही भागमा सामान्य वर्षा हुने | Khabarhub Khabarhub

आजको मौसम : देशका केही भागमा सामान्य वर्षा हुने


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । साथै कोशी, बागमती  र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

ती क्षेत्रहरूमा वर्षाका कारण हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ६ : २० बजे

सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना, तीन महिलाको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बिहीबार एक बोलेरो जीप

शेखर हसिनाविरुद्धको मुद्दाको सुनुवाइ सकियो

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा बिहीबार सुनुवाइ पूरा भएको

उच्च हिमाली भेगको अनुभव बटुल्न महिला प्रहरीको टोली पुग्यो उपल्लो मुस्ताङ

काठमाडौँ- उच्च पहाडी तथा हिमाली भेगमा खोज तथा उद्धारलाई प्रभावकारी

नुम्बुर हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला

सोलुखुम्बु- सोलुखुम्बुमा रहेको ६ हजार ९५८ मिटर उचाइको नुम्बुर हिमालको

इरानविरुद्ध खेल्न तयार छौँ: कम्तान सावित्रा भण्डारी

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले इरानविरुद्ध