बिहानै मापसे गरेर कुदाएको कार पल्टियो | Khabarhub Khabarhub

बिहानै मापसे गरेर कुदाएको कार पल्टियो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मापसे गरेर कुदाएको कार काठमाडौंको सोह्रखुट्टेमा दुर्घटना भएको छ । ठमेलबाट कालधारा जाँदै गरेको कार बिहान ४ बजे नै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बा ११ च २१०३ नम्बरको कार पल्टिएर उत्तानो भएको महानगरीय प्रहरी वृत लैनचौरले जानकारी दिएको छ । महानगरी प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार तीव्र गतिको कारले सोह्रखुट्टैको ओरालोको जय श्रीकृष्ण चस्मा पसलमा ठोक्किएर सडकमा उत्तानो परेको थियो ।

कार चालक सागरमाथा राई सकुशल छन् । अगाडी आएको दूधको गाडी जोगाउन खोज्दा दुर्घटना भएको उनको भनाई रहेको प्रहरीले जनाएको छ । मापसे गरेर गुडाइएको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रहरीले सडकको बीचमा उत्तानो परेर रहेको कारलाई बिहानै हटाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ५९ बजे

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१

आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका