गगनलक्षित गोविन्दको प्रश्न : कोशीमा शेखरलाई किन साथ नदिएको ? « Khabarhub

गगनलक्षित गोविन्दको प्रश्न : कोशीमा शेखरलाई किन साथ नदिएको ?


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द पोखरेलले कोशी प्रदेशमा कांग्रेसकै मुख्यमन्त्री बनाउनुपर्छ भन्दा डा. शेखर कोइराला पक्षलाई महामन्त्री गगन थापा लगायतका नेताले साथ नदिएको बताएका छन् ।

बिहीबार ट्विटरमार्फत पोखरलले महामन्त्री थापा लगायतका केही नेतालाई लक्षित गर्दै विगतमा सभापति देउवासँग शेखर मिले भन्नेले कोसी सरकार गठनमा साथ नदिएको बताएका हुन् ।

उनले लेखेका छन्, “हिजो शेखर कोइराला शेरबहादुरसँग मिले र सभापतिका हरेक कार्यलाई समर्थन गरे भन्ने भाष्य निर्माण गर्ने समूहले आज शेखर कोइरालाले व्यक्ति भन्दा पार्टी ठूलो हो, व्यक्ति परिवर्तन गरेर भए पनि कांग्रेसकै मुख्यमन्त्री बनाउनुपर्छ भन्दा त्यो समूहले साथ दिएन । राजनीतिमा मान्छेका रूप अनेक।”

केही महिना अघि कोइराला देउवासँग मिले भनेर पार्टीभित्रै गगन लगायतका केही नेताहरुले आलोचना गरेको उनको भनाइ छ । पोखरेललाई शेखर निकट केन्द्रीय सदस्य मानिन्छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ११ : ०७ बजे

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका