पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ : राष्ट्रपति पौडेल « Khabarhub

पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ : राष्ट्रपति पौडेल


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ भएको बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा पत्रकारसँगको भेटघाटमा उनले नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनर्स्थापनमा मात्र नभइ मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रँदा पेसागत मूल्य मान्यताअनुरुप देश र जनतालाई सुसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको बताए ।

राष्ट्रपति पौडेलले भने, “सत्य अन्वेषण र सत्य सम्प्रेषण गर्नु सञ्चारमाध्यमको मुख्य चुनौती हो । अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पुर्‍याउन सक्नेतर्फ सचेत हुन आग्रह गर्दछु ।”

उनले पत्रकारिता जगतले यस्तो अवस्थामा सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ३३ बजे

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक