झापाको पूर्वी नाकामा सशस्त्रका तालिमप्राप्त कुकुर परिचालन « Khabarhub

झापाको पूर्वी नाकामा सशस्त्रका तालिमप्राप्त कुकुर परिचालन


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बलले झापाको पूर्वी नाकाको मेचीपुल सीमा ईलाकामा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरेको छ । सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जारी गरेको सूचनामा चाडपर्वको बेला सीमा क्षेत्रमा हुने अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्नसक्ने दुई वटा तालिमप्राप्त कुकुर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालय पशु तथा डग हेण्डलर उप–उपशाखाबाट परिचालित जुलेट ल्याब्रोडोरले हातहतियार तथा विष्फोटक पदार्थ र जोजो ल्याब्रोडोरले लागूऔषध पहिचान गर्नेछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु तथा डग हैण्डलर उप–उपशाखाबाट परिचालित जुलेट ल्याब्रोडोरले हातहतियार तथा विष्फोटक पदार्थ र जोजो ल्याब्रोडोरले लागूऔषध पहिचान गर्नेछ ।

विश्व परिवेशमा हातहतियार, विष्फोटक पदार्थलगायत लागूऔषध पहिचानमा कुकुर परिचालन अति प्रभावकारी रहिआएको सशस्त्रले जनाएको छ । सुरक्षाकर्मीको नाङ्गो आँखाले देख्न तथा छुट्याउन नसक्ने यस्तो प्रकृतीको गैरकानुनी क्रियाकलाप रोक्नका लागि अन्य सीमा नाकाहरुमा पनि तालिम प्राप्त जनशक्ति तथा कुकुरको तैनाथी बढाउँदै लैजाने संगठनको योजना रहेको सूचनामा उल्लेख छ ।

यसअघि २०७२ सालको गोरखा भूकम्पको भग्नावशेषमा परी हराएका व्यक्तिहरुको पहिचान तथा उद्धार गर्नका साथै अन्य खोज तथा उद्धारमा तालिम प्राप्त कुकुर परिचालन गरिएको थियो । संसारका सुविधा सम्पन्न विमानस्थलमाहरुमा पनि हातहतियार, विष्फोटक पदार्थ र लागूऔषधको पहिचानमा यस्ता कुकुरको परिचालन गर्ने गरिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : २४ बजे

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ – करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

अपूरा योजनामा बजेट माग्दै मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका विभिन्न अपूरा

बाजुरामा ढुङ्गा लागेर वडा सदस्यको मृत्यु

बाजुरा – जिल्लाको बूढीगङ्गा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा

आईपीएल : गुजरातको खराब सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ५६औँ खेल

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

खोटाङ – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा यहाँको हलेसी तुवाचुङ नगरपालिका–९