झापाको पूर्वी नाकामा सशस्त्रका तालिमप्राप्त कुकुर परिचालन « Khabarhub

झापाको पूर्वी नाकामा सशस्त्रका तालिमप्राप्त कुकुर परिचालन


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बलले झापाको पूर्वी नाकाको मेचीपुल सीमा ईलाकामा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरेको छ । सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जारी गरेको सूचनामा चाडपर्वको बेला सीमा क्षेत्रमा हुने अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्नसक्ने दुई वटा तालिमप्राप्त कुकुर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालय पशु तथा डग हेण्डलर उप–उपशाखाबाट परिचालित जुलेट ल्याब्रोडोरले हातहतियार तथा विष्फोटक पदार्थ र जोजो ल्याब्रोडोरले लागूऔषध पहिचान गर्नेछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु तथा डग हैण्डलर उप–उपशाखाबाट परिचालित जुलेट ल्याब्रोडोरले हातहतियार तथा विष्फोटक पदार्थ र जोजो ल्याब्रोडोरले लागूऔषध पहिचान गर्नेछ ।

विश्व परिवेशमा हातहतियार, विष्फोटक पदार्थलगायत लागूऔषध पहिचानमा कुकुर परिचालन अति प्रभावकारी रहिआएको सशस्त्रले जनाएको छ । सुरक्षाकर्मीको नाङ्गो आँखाले देख्न तथा छुट्याउन नसक्ने यस्तो प्रकृतीको गैरकानुनी क्रियाकलाप रोक्नका लागि अन्य सीमा नाकाहरुमा पनि तालिम प्राप्त जनशक्ति तथा कुकुरको तैनाथी बढाउँदै लैजाने संगठनको योजना रहेको सूचनामा उल्लेख छ ।

यसअघि २०७२ सालको गोरखा भूकम्पको भग्नावशेषमा परी हराएका व्यक्तिहरुको पहिचान तथा उद्धार गर्नका साथै अन्य खोज तथा उद्धारमा तालिम प्राप्त कुकुर परिचालन गरिएको थियो । संसारका सुविधा सम्पन्न विमानस्थलमाहरुमा पनि हातहतियार, विष्फोटक पदार्थ र लागूऔषधको पहिचानमा यस्ता कुकुरको परिचालन गर्ने गरिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै