मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्बभन्दा बढी | Khabarhub Khabarhub

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्बभन्दा बढी


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

कर्णाली– एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । 

विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्राडा पदमलाल देवकोटा र रजिष्ट्रार सह–प्राडा ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत आव २०६८–६९ मा ८३ लाख ९८ हजार तथा आव २०७८–७९ सम्ममा एक अर्ब १२ करोड ५७ लाख पुगेको बताए । ‘यसमा असुलउपर र सैद्धान्तिक एवं प्रक्रियागत बेरुजु परेको छ’, रजिष्ट्रार पौडेलले भने । 

वीरबहादुर पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । उनले असुलउपर गर्ने बेरुजुमा ६३ लाख ६६ हजार ९६४ मा केही प्रतिशत मात्र असुल भएको बताए । 

रजिष्ट्रार पौडेलका अनुसार १२ करोड ४० लाख ५१ हजार बेरुजु सम्परीक्षण गरिएको छ । अझै करिब एक अर्ब बेरुजु विश्वविद्यालयले फर्स्योट गर्न बाँकी छ ।

आर्थिक वर्ष २०७५–७६ मा उपकुलपति प्राडा उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको पदावधिमा सबैभन्दा बढी ४० करोड ५९ लाख ६० हजार (३६.०४) प्रतिशत बेरुजु आएको उनको भनाइ छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले करिब १३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेकोजस्तो गरेर सामाजिक सञ्जाल तथा समाचार माध्यमबाट आएपछि त्यसको भ्रम हटाउन पत्रकार सम्मेलन कार्यक्रम गरिएको बताए । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ११ : ११ बजे

केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा चुनाव लड्न नपाउने व्यवस्था गरौँ : उर्मिला थपलिया 

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई

लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सीमावर्ती क्षेत्रका विपन्न परिवारलाई च्याङ्ग्रा

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

महोत्तरी– मटिहानी नगरपालिका-४ र ५ का मझौरा, बिसनपुर र गोबरौरा

एलिनाबारे अभद्र टिप्पणीले हिरासतमा पुर्‍यायो कविलाई

काठमाडौं- गायिका एलिना चौहानबारेमा सामाजिक सञ्जालमै अभद्र टिप्पणी गरेपछि एकजना

हुँदै नभएको विद्यालयलाई कीर्ते भवन बनाएर भुक्तानी, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मङ्गलबार