योगाभ्यासले काम कारबाहीलाई परिणाममुखी बनाउन सहयोग गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

योगाभ्यासले काम कारबाहीलाई परिणाममुखी बनाउन सहयोग गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव जीवनलाई तनावमुक्त बनाई दैनिक काम कारबाहीलाई परिणाममुखी बनाउन योग र ध्यानले विशेष सहयोग पुर्‍याउने बताएका छन् ।

गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आज आयोजित एक दिवसीय ‘स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशाला’ उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले जीवनलाई गतिशील बनाउनका लागि सबैले योगाभ्यास गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत, गृह मन्त्रालयका सहसचिव तथा गृहमन्त्रालय मातहत पदाधिकारी र कर्मचारीको सहभागिता थियो । गृहमन्त्री श्रेष्ठको निर्देशनमा हाल काठमाडौँ उपत्यकाभित्रका गृह मन्त्रालय मातहतका कार्यालयमा दैनिक योगाभ्यास सुरु गरिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : ०९ बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा