गोरखाको ओडारमा भेटियो १६ किलो सुन « Khabarhub

गोरखाको ओडारमा भेटियो १६ किलो सुन


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– ओडारमा लुखाएको अवस्थामा गोरखामा १६ किलो सुन फेला परेको छ । जिल्लाको धार्चे गाउँपालिकाअन्तर्गत खोर्लाबेसीमा ओडारमा लुकाएको अवस्थामा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मनास्लु पदमार्गअन्तर्ग पर्ने ओडारभित्र लुकाइराखेको अवस्थामा १६ किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।

तिब्बतबाट ल्याएको सुन ओडारमा लुकाएको भन्दै प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकमल गुरुङ छन् ।

उनी २७ दिन अगाडिदेखि गाउँमा देखिएका थिएनन् । स्थानीयले प्रहरीलाई दिएको सूचनाका अनुसार उनले तिब्बतबाट खच्चडमा १६ किलो सुन ल्याएर आएका थिए ।

आफूले ल्याएको सुन लुटिने आशंकामा उनले ओडारमा लुकाएको हुन सक्ने प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : १७ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’