बेलबारी गोल्डकप : सिराहा सेमिफाइनलमा « Khabarhub

बेलबारी गोल्डकप : सिराहा सेमिफाइनलमा


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

मोरङ – बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन आज युकेएफसी भारत र सलहेस युवा क्लब सिराहाबीच भएको खेलमा युकेएफसीले लज्जास्पद हार बेहोर्नुपरेको छ ।

डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी गोल्डकपमा भएको खेलमा सिराहको सहलेसले शून्यका विरुद्ध ४ गोल गरेको छ । सहलेशका लागि एक विरुद्ध एकमा फैजलले खेलको २४औँ मिनेटमा गोल गर्दै टिमको खाता खोलेका थिए । सिराहाकै फोडेफोफोनाको पासमा हरि कार्कीले दोस्रो गोल ३६औँ मिनेटमा गर्दै खेललाई दुई शून्य बनाए ।

विलाल घलानको पासमा सिराहाका फोफोना ईभ्राईनले ३९औँ मिनेटमा तेस्रो गोल गर्दै टिमलाई विजय नजिक पु¥याउन सफल भएका थिए । खेलको पहिलो आधा तीन शून्य भएको खेलको दोस्रो आधामा सिराहाकै फोफोना ईभ्राईनले दोस्रो गोल गर्दै टिमलाई विजयी घोषित गराउन सफल भए । युकेएफसी भारतले सलहेस युवा क्लब सिराहालाई जवाफी गोल फर्काउन नसक्दा हार बेहोर्नु परेको थियो । खेलको दोस्रो आधाको १७ मिनेटमा भारतका राज राउतको फितलो प्रहार सहलेस सिराहाका गोल किपर अनिस देउलाले बचाउन सफल भएका थिए।

खेलका म्यान अफ द म्याच सहलेस सिराहाका फोफोना इभ्राइम घोषित हुनुभयो । मङ्गलबार रारा फुटबल क्लब राजारानी धनकुटा र व्रिगेड ब्वाइज काठमाडौँकाबीच हुने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ । प्रतियोगितामा विजेताले नगद रु आठ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेताले नगद रु पाँच लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलमा प्रत्येक दिन म्यान अफ दि म्याच घोषित हुनेलाई नगद रु पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : ४८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको