बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज सेमिफाइनलमा  | Khabarhub Khabarhub

बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज सेमिफाइनलमा 


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

मोरङ– बिग्रेड ब्वाइज बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो ब्रिगेड ब्वाइज क्लब र राजारानी क्लबले गोलरहित बराबरी खेलेका थिए । अन्तिममा खेलको छिनोफानो पेनाल्टी सुट आउटका आधारमा गरिएको थियो । 

पेनाल्टीमा ५–४ गालले नतिजा ब्रिगेड ब्वाइजको पक्षमा गएको थियो । बिग्रेडका कुशल देउवाले पाँचौ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच बिग्रेडका गोलकिपर विशाल सुनार घोषित भए ।

यसअघि आयोजक डाँगीहाट युथ क्लब र सलहेस युवा क्लब सिरहा सेमिफाइनल प्रवेश गरिसकेका छन् । डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी छन् । 

आज झापाको बिर्तामोड युथ क्लब र चर्च ब्वाइज क्लब, काठमाडौँबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ७ : २३ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको