सुपारीको उचित मूल्य नपाएको किसानको गुनासो « Khabarhub

सुपारीको उचित मूल्य नपाएको किसानको गुनासो


२ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

झापा– कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । 

झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । 

नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रोमूलुक निर्यात गर्न पाउनुपर्ने बताए। उनले नेपालमा सुपारी खेतीको विस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको बताए।

‘काँचो सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न हामीले सहजै पाउनुपर्छ’, अधिकारीले भने, ‘हाम्रो मागलाई बेवास्ता गरेमा दश लाख बढी सुपारी किसान एकैपटक आन्दोलनमा उत्रिन्छौँ ।’ उनले सुपारी किसानले कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्दै आफ्ना माग पटकपटक राखिसकेको जानकारी दिए।

अर्जुनधारा नगरपालिकामा विगत ३० वर्षदेखि सुपारी व्यवसाय गर्दै आएका सुरेन्द्र साहले विलौचियामार्फत स्थानीयस्तरमा उत्पादित राम्रो सुपारी भारत जाने र भारतको नराम्रो, कुहिएको सुपारी उनीहरूमार्फत नेपाल आउँदासम्म पनि सरकारले बेवास्ता गरेको गुनासो गरे । सुपारी किसानको नाममा विभिन्न संस्था खोलेर विचौलिया हाबी हुँद किसान मर्कामा परेका उनको भनाइ थियो । 

झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७९-८० मा कोशी प्रदेशमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  २ : २० बजे

स्वास्थ्य बीमालाई दिगो बनाउन ऐन संशोधन गरिँदै

काठमाडौँ- स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो

‘ब्रह्मास्त्र २’ निर्माणको तयारी, पहिलो भागभन्दा फरक हुनेछ कथा

काठमाडौं– पहिलो भागले दर्शकलाई फेन्टासी र पौराणिक कथाको नयाँ संसारमा

शनिबारदेखि जनकपुर–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन हुने

जनकपुरधाम – जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुन लागेको सरयू–कमला

विश्व दिगो यातायात दिवस आज, वातावरणमैत्री यातायात प्रणालीमा जोड

काठमाडौँ- विश्व दिगो यातायात दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ

लगानीकर्ताको विश्वासका लागि नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले लगानीकर्ताको विश्वासका